दाङमा गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका-५ स्थित गंगदी खोलामा ट्याक्टर फस्दा त्यसमा सवार सोही ठाउँ निवासी ५२ बर्षिय छेदिराम चौधरीको मृत्यु भएको वडा अध्यक्ष टंकबहादुर बिष्टले जानकारी दिए । ट्याक्टरमा चालक सहित तीन जना थिए ।
खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फसेपछि सवार छेदिराम चौधरीको खुट्टा फसेर बाढी डुबेर मृत्यु भएको जनाइएको छ । दुई जना सकुशल रहेपनि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिइन ।
रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियो । ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई उद्दार गरिएको छ ।

