सन्दीप लामिछानेले टी–२० क्रिकेटमा एक सय विकेट पुरा गर्नुभएको छ । वेस्ट इन्डिज र अमेरिकामा चलिरहेको विश्वकप क्रिकेटमा आफ्नो समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशले दुई विकेट लिएसँगै उहाँले टी–२० मा एक सय विकेट पुरा गर्नुभएको हो ।
सन्दीपको टी–२० यो ५४ औँ खेल हो । सन्दीप सयौँ विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

