
ताप्लेजुङमा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा पुरिएर खेजिनिम–२ का ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र उहाँहरुका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।
यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको छ । बाढीले तमोर करिडोरका दुईसहित ६ वटा पुल बगाएको बताइएको छ ।।

