अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ मा एक अविवाहित बोल्न नसक्ने महिलाको पेटमा १९ हप्ता भन्दा बढिको बच्चा पेटमा भएको पुष्टि हुँदा पनि पेटको बच्चा कसको हो भन्ने थाहा छैन ।
गाउँका केही माहिलाले जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइ जाच गर्दा उनको पेटमा १९ हप्ता भन्दा बढी को बच्चा भएको पुष्टि भए पनि कसैले अहिले सम्म प्रहरीमा जाहेरी दिएको छैन ।
सकेसम्म यो घटनालाई बाहिर नल्याई मिलाउने प्रक्रियामा गाउँका केही मानिस लागी परेको खबर प्राप्त भएको छ ।

