प्यूठान यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यस वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

प्यूठान जिल्लामा २ हजार ८२ जना छात्रा र १ हजार ८०२ जना छात्र सहभागी भएका छन् । जिल्लाभर शान्तिपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सकिएको कार्यालयले जनाएको छ ।

Avatar
Website |  + posts