मोरङको बेलबारीमा एक पुरुषले बुधबार बिहान पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । मोरङ प्रहरीका अनुसार ताप्लेजुङ घर भई बेलबारी नगरपालिका–१ मा डेरा गरेर बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीय पत्नी गीता लिम्बूको हत्या गरेर आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार बमबहादुरले पत्नीलाई दाउले शरीरका विभिन्न स्थानमा प्रहार गरी हत्या गरेपछि आफूले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको पाइएको छ ।

उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा ल्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुलेको छैन । लिम्बूको गीतासँग दोस्रो विवाह हो । लिम्बूका ८ वर्षीय छोरा योन्जन भने भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन् ।

Avatar
Website |  + posts