१२ फागुन, घोराही- नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ यही मिति २०८० चैत तेस्रो साता लुम्बिनी प्रदेश स्तरिय मिडियो महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

महोत्सव सफल बनाउनकालागी नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश सरकार, स्थानीय तह, प्रेस काउन्सील नेपाल, लगायत सम्बन्धीत निकाय तथा संघसंस्थाहरुसँग सहकार्य गर्ने निर्णय भएको महासंघ दाङ शाखाका सचिव आर.के.शीतलले जानकारी दिनुभयो ।

Avatar
Website |  + posts