दाङमा ट्याक्टर बाट खस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार रहेकी घोराही १८ प्रगति टोलका कृष्ण घर्ति मगरको छोरी १७ वर्षिय माया घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

हिजो मंगलबार दिउँसो घोराही १८ रानीजरुवाबाट घोराही तर्फ जादै गरेको रा १ त १६५५ नम्बरकोे खाली ट्याक्टरबाट खसेर घाइते भएका मायाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको होे । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको र ट्याक्टर चालक फरार रहेकाले खोजि कार्य भईरहेको जनाएको छ ।

Avatar
Website |  + posts