आज सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाली बजारमा सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ ।

