नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा शाखामा ताला लगाएको छ । संघले विद्यालयमा पढाउनु पर्ने शिक्षक नगरपालिकामै रहेको भन्दै नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा तालालगाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महाशाखा नं ९ टङ्गाल काठमाडौँको पत्र संख्या ९ (शिक्षा) १ ख – ४४८÷०७९÷०८० च.न. ५५१७१ को पत्र तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय , शिक्षा तथा मानव श्रोत विकास केन्द्र ले मिति २०८०÷०२÷३१ गते गरेको पत्रचार अनुसार ७५३ वटै स्थानीय तहहरुलाई शिक्षा शाखामा विद्यालय बाट शिक्षक काजमा झिकाई कर्मचारी सरह जिम्मेवारी दिई कामकाजमा खटाइएका शिक्षकहरुलाई अविलम्ब दरवन्दी भएका विद्यालयहरुमा फिर्ता पठाउनुहुन भनि परिपत्र भएको थियो ।
प्यूठान जिल्ला स्थीत नौ स्थानीय तह मध्ये आठ वटा स्थानीय तहले उक्त परिपत्र कार्यान्वयन गरिसकेका तर प्यूठान नगरपालिकाले भने कार्यान्वयन नगरेको भन्दै विद्यार्थी संघ प्यूठानले ताला लगाएको नेपाल विद्यार्थी संघ प्यूठानका अध्यक्ष कल्याण विक्रम के सिले बताए।

