प्युठान नौबहिनी गाउँपालिकाले दुर्गम बस्तीलाई मध्यनजर गर्दै आफ्नै जेसिवि खरिद गरेको छ। नौबहिनी गाउँपालिका भित्र सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामलाई सहज होस भन्ने उदेश्यले जेसीवि खरिद गरेर ल्याइएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापाले बताए ।
स्थानीय सरकारलाई बिकास निर्माणको काम गर्ने सवारी साधन हुँदा सहज हुने भएकाले जेसीबी पनि खरिद गरिएको नौबहिनी गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत शिबराज पौडेलले बताए।चालू आर्थिक वर्षको ४५ लाख ७४ हजार रुपियामा जेसिवी खरिद गरिएको गाउँपालिकाले जनाएको छ।
पालिकाले चालू आर्थिक वर्षको ४५ लाख ७४ हजार रुपियामा जेसिवी खरिद गरिएको जनाएको छ।

