दाङको तुलसीपुरबाट सल्यानको झिम्पे जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको हो । उनीहरुको पहिचान अझै खुलेको छैन ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले जानकारी दिए ।

Avatar
Website |  + posts