कबिता
लेखक मदन के.सि गौमुखि गाउँपालिका पुजा प्युठान
बिहानिको चिसो हावा चल्यो सरर
धानको बाला झुल्दा खेतै भयो झलमल
सुनौला भै पहेलपुर मनै लोभ्याउने
किसानीको मानो पिठाे बर्ष पुर्याउने !
सुनिदैछन बरदोह गिति भाकाहरु
हासखेल मेलापातले रम्ने पाखाहरु
कमाईको यहि भरमा बुन्दै आशाहरु
लाेकगित जनजातिका आफ्नै भाषाहरु !
सस्कार र सस्कृतिको हुने आदरभाव
ढिडाे, राेटि,जे खाए नि मिठाे स्वाभब
मै पनि त त्यहि गाउँमा पाँउ मर्नलाई
अघि बढौ गाउँको बिकास मिली गर्नलाई !
