पाल्पाको चिदिसामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, केहिबेरअघि भएको दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको डीआईजी कडायतले अनलाइनखबरलाई बताए ।
थप विवरण आउन बाँकी छ ।
