सुदीप अधिकारी
मैले
सिन्दुर तिम्रो लागि लगाएको होइन
यो मेरो भिष्म प्रतिज्ञा हो
तिमिसंग नछुट्टिने ।
मैले
हातभरी मेहन्दी कोरेको
शुन्दरताको लागि होइन
तिम्रो आयु रेखा कोरेकी हुँ
जुनी, जुनी संगै जीउनको लागि ।
मैले
चोलि लगाएको
शरिर छोप्नैको लागि मात्र होइन
हाम्रो सम्बन्ध यस्तो होस्
जसरी चोलीको तुना कसिन्छ ।
मैले
मेरो नाममा तिम्रो थर थपेको
मेरो अस्तित्व मेटाउनको लागि होइन
तिम्रो अस्तित्व जोगाउनको लागि हो
मैले
आफ्नो जन्मघर छोडेको
शरण लिनको लागि होइन
तिमिलाई शरण दिनको लागि हो
जहा तिमि हुर्कन, फूल्न सक्छौ ।
मैले
पाउजु लगाएको
तिमिलाई मन पर्ला या नपर्ला
तर तिमिले सधै सुन्नेछौँ
किनकी यो तिम्रो धड्कन हो
जहाँ मेरो मुटु सधैँ धड्कीरहनेछ ।
