१७ माघ, दाङ-घोराहीको मनेचोक तुलसीपुर चोकमा गएराती एक पसल चोरी भएको छ । चोकमा रहेकोे विआर डेण्टल हस्पिटल मंगलबार राति ढोका तोडफोड गरी पसल चोरी भएको छ ।
पछाडितिरको ढोका तोडफोड गरी काउन्टरमा रहेको नगद ११ हजार र एक सेट मोबाईल चोरी भएको पसलका संचालक भुबनेश्वर भुषालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो घोराहीको मुख्य चोकमा पसल चोरी हुनु सुरक्षा निकाय कम्जोर देखिएको छ ।
मुख्य चोक मै चोरी हुने हो भने घोराहीका ब्यवसायीहरु असुरक्षित भएका छन् ब्यवसायिक सुरक्षाको ग्यारेन्टी सुरक्षा निकाय तथा स्थानीय तहले गर्नुपर्ने समेत उनको भनाइ छ।
मंगलबार बेलुका पसल बन्द गरेर घर गएका उनले बुधबार बिहान पसल खोल्दा चोरी भएको थाहा पाएको उनले बताए।११
