महेश थापा
प्यूठान नौबहिनी गाउँपालिका ३ को वडा कार्यालयबाटै मिटरबक्स वितरण थालिएको छ । उत्तरी प्युठानको नौबहिनी गाउँपालिकाका १ सय ८२ घरधुरीका लागि विद्युत बत्ती जडान गर्नको लागि वडा कार्यालयबाटै मिटरबक्स वितरण थालिएको छ । विद्युत प्राधिकरण जिल्ला शाखा बिजुवार प्युठानबाट कर्मचारी नौबहिनी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमै आएर मिटरबक्स वितरण गर्न लागिएको हो ।

जनताको समस्यालाई मध्यनजर गर्दै विद्युत प्राधिकरण बिजुवार शाखालाई अनुरोध गरेर वडामै मिटरबकस वितरण गर्ने कार्यलाई पहल गरिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो। विद्युतिकण नपुगेका बस्तिका जनतालाई वडामै मिटरबक्स उपलब्ध हुने भएपछि राहत भएको बताउनुभयो । अन्य वडाका बस्तीहरुमा पनि यसरीनै वितरण गरिने ब्यवस्था मिलाइएको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिका र वडा कार्यालयको समन्वयमा बिहिवारबाट विद्युत बत्ती नबलेको घरधुरीका ब्यक्तिहरुलाई मिटरबक्स वितरण गर्न थालिएको वडा नम्बर ३ का वडा अध्यक्ष दिल बहादुर केसीले जानकारी दिनुभयो ।

Avatar
Website |  + posts