दाङ: लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन्। नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार उनीहरूलाई मन्त्री बनाएका थिए। लुम्बिनीका मुख्यमन्त्रीले एक मन्त्रालय अझै आफैंसँग राखेका छन्। उक्त मन्त्रालय कांग्रेसले लिने भए पनि मन्त्री पठाउन पार्टीभित्र कुरा नमिलेकोले उनले आफू मातहत नै राखेका छन्। मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिमण्डल बिस्तार गरेका हुन्।

Avatar
Website |  + posts