नौबहिनी गाउँपालिकाको प्रशासनिक भबन उद्घाटनकाे सम्पूर्ण तयारी पूरा भएको छ ।असौज २८ गते अर्थात भोलि ने क पा (एमाले)का अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रमकाे तय भएको गाउपालिकाले जनाएको छ।यस अघि असोज १६ गते गर्ने भनिएको भवनको उद्घाटन मौसम प्रतिकुलताका कारण स्थगित भएको थियो ।

नौबहिनी गाउपालिकाकाे प्रशासनिक भबन निर्माण कार्य सम्पन्न भई उद्घाटन गर्न थालिएको हाे ।
भवन निर्माणको लागि रविना / आँशु / मल्लरानी जेभीले २०७९ मंसिर १५ मा निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का पाएको थियो । ८ करोड ३४ लाख ८८ हजार ७ सय १९ रुपैयाँ लागत अनुमान गरिएको भवन ६ करोड १३ लाख ६० हजार ७ सय ३६ रुपैयाँ ९ पैसामा ठेक्का सम्झौता भएको थियो ।

२०७८ असार ११ गते शुक्रबार नौबहिनी गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको थियो । गाउँपालिका पुर्व अध्यक्ष शिव रिजालले शिलान्यास गरेसँगै भवन निर्माण कार्य अघि बढेको थियो ।यस अघि असोज १६ गते गर्ने भनिएको भवनको उद्घाटन मौसम प्रतिकुलताका कारण स्थगित भएको थियो ।

Avatar
Website |  + posts