गर्भवति महिलाहरुका लागि प्रयोगशाला परिक्षण स्वास्थ्य शिविर संचालन गरिएको छ । पुण सस्थागत सुत्केरी बनाउने उद्देश्यका साथ आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यक्रमबाट बजेटको व्यवस्था गरीएको हो । ग्रामिण बस्तिका होम डेलिभरी सुत्केरी हुनेको संख्यामा कमि नभएको देखिएकोले जिरो होम डेलिभरी बनाउने उदेश्यले आजबाट शिविर संचालन गरिएको छ। शिविरको उद्घाटन कार्यक्रममा नौबहिनी ५ का वडा अध्यक्ष दलराज पुनमगरको अध्यक्षयतामा नौबहिनी गाउॅंपालिकाका श्रदय अध्यक्ष दिल बहादुर थापाको प्रमुख आथित्यता, स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले संचालन गर्नुभएको हो । ।
साथै विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएकोछ । प्यूठान अस्पतालका मानसिक रोग विशेषज्ञ डा. पंकज पाठकले मानसिक रोग सम्बन्धी जानकारी तथा सामान्य चेकजाच गर्नुभएको छ ।
