लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । गाडीमा सवार मन्त्रीसहित ५ जनाको अबस्था भने सामान्य रहेको छ । दाङको दंगीशरण गाउँपालिकामा आयोजित कार्यक्रम सकेर लमही जाने क्रममा मन्त्री मास्की सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको बताइएको छ ।
आज सोमबार अपरान्ह ५ बजेको समयमा तुलसीपुर १२ सितलपुरमा गाडी दुर्घटनामा परेको हो । गाडीमा मन्त्री, स्वकीय सचिब शम्भु रेग्मी, चालक मानबहादुर बंशी मगर, पिएसओ मनबहादुर चिदी र नारायण मगर सावर रहेको पाइएको छ । गाडी नहेरी बच्चाले दौडेर बाटो काट्दा उनलाई बचाउन खोज्दा दुर्घटनामा परेको हो ।
