प्युठान नौबहिनी गाउँपालिकाका अधिकाशं क्षेत्रमा विधुतको लाइन नहुदा नेटवर्क जाने समस्याको अन्य गर्नको लागि गाउँपालिका अध्यक्ष डिल बहादुर थापाको विषेश पहलमा आज नौबिहिनी -३ झिम्पमा रहेको नेपाल टेलीकमको टावरमा नया प्रविधि व्याकअप बेट्री जडान भएको छ ।
व्याकअप बेट्री जडान कार्य भएसंगै २० घण्टासम्म लाइन नभए पनि सञ्चारको पहुचॅंबाट बन्चित हुन पर्नेछैन । अर्थाथ मोबाइलमा नेटवर्क जाने समस्या मुक्त हुने डिल बहादुर थापा सचिबालयले जनाएको छ ।

Avatar
Website |  + posts