दाङको तुलसीपुरमा दुई जना कोठामा मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर-९-बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा-युवती आज मृत अवस्थामा भेटिएका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका वडा नम्बर १२ कि अन्दाजी २१ वर्षिय पबित्रा डाँगी मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरलेले जानकारी दिनुभएको छ । आज बिहान अबेर सम्म नउठेपछी घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

Avatar
Website |  + posts