बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । चैनपुर केन्द्रबिन्दु भएर गएराति पनि दुई वटा परकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएराति १० बजेर ५२ मिनेटमा ४ दशमलव ५ र १२ बजेर २३ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो । गएको मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

लगत्तै दोस्रोपटक ३ बजेर ६ मिनेटमा सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । ठूलो भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने गरेको केन्द्रका भूकम्पविद् डा।मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बझाङमा भूकम्पपछि अहिलेसम्म तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् ।

Avatar
Website |  + posts