रूपन्देही । त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जित्न सफल भएको छ। आर्मीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो।

खेलको क्रममा आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ को स्कोरमा हराएको थियो। पहिलो सेट सजिलै जितेको पुलिसले आर्मीलाई दबाबमा राखे पनि दोस्रो सेटमा आर्मीले पुनरागमन गर्न सफल भयो।

Avatar
Website |  + posts